कर्मचारीकाे नयाँ तलब : ३६ हजार ७०० देखि १ लाख ४ हजार रुपैयाँसम्म

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – सरकारले चालू आर्थिक वर्ष २०८३/८४ का लागि सरकारी कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ ।

साउन १ गतेदेखि लागू हुने गरी निजामती, सेना, प्रहरी, शिक्षक र पालिकाका कर्मचारीको तलब कायम गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

नयाँ तलबमानअनुसार प्रशासनिक संयन्त्रको सर्वोच्च पद मुख्यसचिव र नेपाली सेनाका प्रधानसेनापतिको कुल तलब ९० हजार ५९४ रुपैयाँ पुगेको छ । यो तलबमा यसअघि पाउँदै आएको ५ हजार मासिक महँगी भत्ता र १० प्रतिशत प्रोत्साहन भत्ता थपिनेछ । महँगी भत्ता र प्रोत्साहन भत्ता थपिएपछि मुख्यसचिव र प्रधानसेनापतिको मासिक तलब १ लाख ४ हजार ८७ रुपैयाँ पुगेको छ ।

यस्तै सरकारी सेवामा सबैभन्दा तल्लो तहका श्रेणीविहीन कर्मचारीहरूको तलब २८ हजार ९८४ रुपैयाँ पुगेको छ । यसमा १ दिनको तलब बराबरको ग्रेड रकम र वृद्धिपछि कायम हुने तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ताबापतको रकम जोड्दा सबैभन्दा तल्लो तहका कार्यालय सहयोगीले ३६ हजार ७०० रुपैयाँ पाउनेछन् ।

सामुदायिक विद्यालयतर्फ माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको तलब ७४ हजार ९५८ र प्राथमिक तहका शिक्षकको न्यूनतम तलब ३४ हजार ४२६ रुपैयाँ कायम भएको छ । स्वास्थ्य सेवातर्फ अधिकृत १२औँ तहको तलब ८४ हजार ५७६ रुपैयाँ पुगेको छ ।

शिक्षक र स्वास्थ्य क्षेत्रका कर्मचारीको पनि तलबमानमा १० प्रतिशत मासिक प्रोत्साहन भत्ता र यसअघि पाउने महँगी भत्ता पनि जोडिनेछ ।

अवकाशप्राप्त कर्मचारीहरूको पेन्सन रकममा पनि १० प्रतिशतले वृद्धि गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।