रूपन्देही। बुटवलमा विगत तीन दशकदेखि मुख तथा दन्तरोग उपचार सेवा प्रदान गर्दै आएको आले डेन्टल क्लिनिकले सेवा विस्तार गर्दै रूपन्देहीको सैनामैना नगरपालिका–३ मुर्गिया र कपिलवस्तुको ४ नं. जितपुरमा एकैसाथ दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
क्लिनिकले ‘आले डेन्टल एन्ड कस्मेटिक स्टुडियो’ नामबाट सञ्चालनमा ल्याएका यी शाखामार्फत साउन ४ गतेदेखि नियमित दन्त तथा मुखरोग उपचार सेवा सुरु गरेको जनाएको छ।
आले डेन्टलका प्रबन्ध निर्देशक सुशील आलेका अनुसार गुणस्तरीय दन्त उपचार सेवा सर्वसाधारणको सहज पहुँचमा पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा विस्तार गरिएको हो। बिरामीहरूको आवश्यकता, सुझाव र विश्वासलाई प्राथमिकतामा राख्दै सेवा विस्तार गरिएको उहाँले बताउनुभयो।
हाल आले डेन्टलका शाखा बुटवल, भाटभटेनी, मणिग्राम, भैरहवा, नवलपरासीको बर्दघाट, सुनवल र भूमहीमा सञ्चालनमा छन्। मुर्गिया र जितपुर शाखा सञ्चालनसँगै संस्थाको सेवा सञ्जाल थप विस्तार भएको छ।
प्रबन्ध निर्देशक आलेले संस्थाले विगत ३० वर्षदेखि अनुभवी चिकित्सकमार्फत प्रभावकारी दन्त तथा मुखरोग उपचार सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै गुणस्तरीय सेवाकै कारण टाढाटाढाबाट समेत बिरामी उपचारका लागि आउने गरेको बताउनुभयो। उहाँका अनुसार सेवाग्राहीको बढ्दो विश्वास र मागका आधारमा नयाँ शाखा सञ्चालनमा ल्याइएको हो।
नयाँ शाखा शुभारम्भको अवसरमा यस महिनाभर सम्पूर्ण दन्त तथा मुखरोग उपचार सेवामा विशेष छुटको व्यवस्था गरिएको क्लिनिकले जनाएको छ। दाँत तथा मुखसम्बन्धी समस्या भएका सेवाग्राहीले अनुभवी चिकित्सकबाट गुणस्तरीय उपचार सेवा सहुलियत दरमा प्राप्त गर्न सक्ने संस्थाको भनाइ छ।