साहित्य प्रतिष्ठानद्वारा छात्रवृत्ति प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठानको १९ ओैं वार्षिक दिवस समारोहको अवसरमा विभिन्न विधालय तथा क्याम्पसमा अध्ययनरत विधार्थीहरूलाई शैक्षिक छात्रवृत्ति प्रदान गरेको छ ।विमला कमल शैक्षिक छात्रवृत्तिको
दाता प्रतिष्ठानका संरक्षक प्रा. डा. प्रकाश राज रेग्मी हुनुहुन्छ ।यस्को रकम प्रति विधार्थी वार्षिक रू. ३०००/-रहेको छ ।यो छात्रवृत्ति प.प.न. मा. वि.का
दुर्गा हेमचुरी ,विपना सेन,सेन मा. वि.का वृषा वि.क. र सुस्मिता यादव कालिका मा.वि.का अर्जुन जि.सी. निरा गाहालाई प्रदान गरिएको छ ।विमला कमल शैक्षिक छात्रवृत्ति अन्तर्गत भैरव बहुमुखी क्याम्पस छहराकी लिला गाहालाई रू १० हजार प्रदान गरिएको छ ।

प्रतिष्ठानमा रहेको अर्को छात्रवृत्ति  ज्ञानज्योति शैक्षिक छात्रवृत्ति हो । यस्को दाता  इ.डा.ज्योति रेग्मी अधिकारी हुनुहुन्छ । छात्रवृत्ति रकम  प्रति विधार्थी वार्षिक रू. ३०००/- रहेको छ । यो छात्रवृत्ति  प.प.न.मा.वि. का छात्राहरू यमुना कुमाल र जगमाया घर्ती ,तानसेन बहुमुखी क्याम्पसका  ललि दर्लामी र  खुस्वु पन्त तथा त्रिभुवन बहुमुखी क्याम्पसको छात्रा हिरा अर्घालीेलाई प्रदान गरिएको छ। माता दीनकुमारी ज्ञवाली शैक्षिक  छात्रवृत्तिका दाता  मनोहर ज्ञवाली , रोहित ज्ञवाली र खुमानन्द खनाल हुनुहुन्छ । अक्षयकोषको व्याजबाट छात्रवृत्ति प्रदान गरिने यस्को रकम प्रति विधार्थी वार्षिक रू. २५००/- रहेको छ । यो छात्रवृत्ति  तानसेन बहुमुखी क्याम्पसको छात्रा  सुहानी मगरलाई प्रदान गरिएको छ ।
न‌ैना नेपाल ढकाल शैक्षिक  छात्रवृत्तिको दाता नैना नेपाल ढकाल रहनु भएको छ । जस्को रकम प्रति विधार्थी वार्षिक रू.२५००/-रहेको छ र यो छात्रवृत्ति 
प.प.न.मा.वि. छात्राहरू प्रियन्का सुनार र निशा आलेलाई प्रदान गरिएको छ ।

शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपालले समय समयमा विधार्थी केन्द्रीत शैक्षिक कार्यक्रम गर्नुका साथै स्थापना कालदेखिनै छात्रवृत्तिहरू प्रदान गर्दै आएको छ । प्रतिष्ठानले छात्रवृत्तिसंगै विविध विधाका दशजना व्यक्तित्वहरूलाई पुरस्कृत एवं सम्मानित गरेको छ ।
प्रतिष्ठानको १९ ओैं वार्षिक दिवस समारोहको अवसरमा प्रमुख अतिथि पुतलीबजार नगर प्रज्ञा प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारी र आयोजक संस्थाका अध्यक्ष पुष्कर अथक रेग्मीद्वारा छात्रवृत्ति , पुरस्कार र सम्मान प्रदान गरिएको थियोे ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।