‘छक्का पञ्जा ५’ को गीतको मात्रै छायाङ्कन बाँकी ; अन्य श्रृङ्खलाभन्दा पूर्णतः भिन्न रहने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

फिल्म ‘छक्का पञ्जा’को पाँचौँ सिक्वेल ‘छक्का पञ्जा ५’ को छायाङ्कन अन्तिम चरणमा पुगेको छ । लेखक एवम्‌ निर्माता दीपकराज गिरीका अनुसार अब गीतको छायाङ्कन मात्रै बाँकी रहेको हो । उनका अनुसार काभ्रेमा अन्तिम चरणको छायाङ्कन सकेर बुधबार साँझ फिल्म सुटिङ युनिट काठमाडौं फर्किएको हो ।

निर्माण टिमले कलाकारहरूको नाम भने अहिलेसम्म गोप्य नै राखेको छ । गिरी स्वयम्‌, केदार घिमिरे ‘माग्ने बूढा’ र वर्षा सिवाकोटी गरी तीन कलाकारको मात्रै सार्वजनिक गरिएको छ । जेठ १७ गतेबाट फिल्मको छायांकन सुरु भएको थियो । काभ्रे, सिन्धुली र पोखराका विभिन्न स्थानमा छायाङ्कन भएको बुझिएको छ ।

यो फिल्म अन्य श्रृङ्खलाभन्दा पूर्णतः भिन्न रहने गिरीको दाबी छ । आमा सरस्वती मुभिज र आईएमईको प्रस्तुतीमा निर्माण हुने यस फिल्मको निर्देशक दीपाश्री निरौला हुन् ।

फिल्मको प्रदर्शन मिति आउँदो असोज २४ गते फूलपातीका दिनलाई तोकिएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।