निश्चल ज्ञवाली : नेपाली सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल चर्चित लोक दोहोरी गायक एवं मोडल विशाल रायमाझीले सार्वजनिक गरेको "लाहुरे टासेँको" बोलको (पञ्चे बाजा ) गीत यतिबेला लाखौं दर्शकको मन मुटुमा बस्न सफल भएको छ ।
चर्चित गायक गायक तथा बिशाल रायमाझीको शब्द संगीतमा रहेका गितमा चर्चित मोडल तथा गायिका सलिना नेपालीको पनि स्वर रहेको छ ।
नेपालकै प्रसिद्ध धार्मिक स्थल बाेकेकाे सुपा देउरालीकाे काखमा छाँयाङकन गरिएकाे गितले प्रदेशी लाहुरेका कथा ब्यथालाई चित्रण गर्दे माया प्रेमकाे एक भावलाई गीत मार्फत प्रस्तुत गरिएको छ ।
यस्तै भिडियाेमा कलाकार तथा मोडल एलिना रायमाझी, बिशाल रायमाझी,सलिना नेपाली, आर जे अनु र शुशान्त पछाइको दमदार अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन विशाल रायमाझी छायांकन प्रकाश खड्का र सम्पादन राज कुमार मगरले गरेका छन ।
भिडियाे विशाल रायमाझी अफिसियल युटुब च्यानलबाट सार्वजानीक भएकाे छ ।
प्रदेशबाट फर्किएको लाहुरे, सुपादेउराली मन्दिर र प्रेम कथालाई पन्जे बाजाको लयमा प्रस्तुत गर्ने प्रयास गरिएको छ। सुपादेउराली मन्दिरलाई समेटेर तयार पारिएकाले गीतले सुपादेउराली मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहयोग पुग्ने विश्वास गरिएको छ।
विशाल रायमाझी सांगीतिक माहोलमा हुर्किएका कलाकार हुन्। उनले यसअघि ‘साइनो हरायो’, ‘गाउँका लाउरे’, ‘पूर्वे धरान’, ‘संगिनी’, ‘नक्क्ले भिनाजु’ जस्ता चर्चित गीत सार्वजनिक गरिसकेका छन्। पारिवारिक वातावरण नै सांगीतिक भएकाले रायमाझी परिवार देश-विदेशमा हुने कार्यक्रम समेत ब्यस्त रहने गरेका छन् ।
भिडियाे विशाल रायमाझी अफिसियल युटुब च्यानलमा लाहुरे टासेँको यो भिडियो हेर्नुहोस् ! https://youtu.be/JejLaSf7qP8?si=3FT6GofdmcjGOMs7