सैनामैनामा शिवरात्री विशेष विविध सांस्कृतिक कार्यक्रम हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सैनामैना : रुपन्देहीको सैनामैनामा फागुन १४ गते शिवरात्री विशेष नृत्य प्रतियोगिता एवम् विविध सांस्कृतिक कार्यक्रम - २०८१ हुने भएको छ । 

महाशिवरात्रीको विशेष अवसरमा नृत्य प्रतियोगिता, लाइभ दोहोरी लगायतका विविध  सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारले बेजोड प्रतुति दिनेछन्।
कार्यक्रममा कलाकारहरु भीष्म अर्याल, वसन्ता खनाल, य्रापर  विनोद पाण्डे (मिस्टर पाण्डे),  सागर लिन, सुमित भट्टराई, अमृत सुनारको प्रस्तुति रहने छ ।

यस्तै मोडल एलिना रायमाझी, आर्यन भण्डारी, डान्सर सन्ध्या सुनारको समेत प्रतुति रहने जनाइएको छ ।

कालिका युवा क्लब आयोजक र एस.बी प्रोडक्सन सह- आयोजक रहेको शिवरात्री विशेष नृत्य प्रतियोगितामा  प्रथम,द्वितीय र तृतीय हुनेलाई क्रमशः रु.३०००, रु.२००० र रु.१००० पुरस्कार स्वरुप प्रदान गरिने भएको हो ।

सागर लम्सालको सञ्चालनमा हुने  उक्त कार्यक्रमको अध्यक्षता कालिका युवा क्लबका अध्यक्ष दिपेश चापागाईंले गर्नुहुनेभएको छ ।

कार्यक्रम सैनामैना नगरपालिका वडा नं ९ चङ्खीपुर स्थित गणेश मन्दिर प्राणङ्गणमा  बिहान ११ बजेदेखि सुरु हुनेछ ।  उक्त अवसरमा सम्पूर्णमा  निमन्त्रणा  समेत गरिएको  अायोजक कालिका युवा क्लबले जनाएको छ ।

कालिका युवा क्लबले स्थापना कालदेखि विभिन्न पर्वको अवसर पारेर  कार्यक्रम गर्दै अाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।