सुनको भाउ एकैदिन दुई हजार दुई सय रुपैयाँले घट्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कात्तिक २९,काठमाण्डौ – आज सुनको भाउ एकैदिन दुई हजार दुई सय रुपैयाँले घटेको छ । सुनको भाउ आज दुई हजार दुई सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ६२ हजार दुई सय रुपैयाँ रहेको थियो । पछिल्ला केही दिनयता सुनको भाउ लगातार ओरालो लागिरहेको छ ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी ३५ रुपैयाँले घटेर ताेलाकाे एक हजार नौ सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।