आज सुनको भाउ तोलामा चार हजार ३०० रुपैयाँले घट्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ - हिजो बढेको सुनचाँदीको भाउ आज घटेको छ । 

सुनको भाउ आज मंगलबार चार हजार ३०० रुपैयाँले घटेर तोलाको दुई लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ । 

हिजो सुन तोलाको दुई लाख ८८ हजार ५०० रुपैयाँ थियो । यस्तै आज चाँदी पनि १३५ रुपैयाँले घटेको छ । चाँदी आज तोलाको चार हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हिजो चाँदी तोलाको चार हजार ४४५ रुपैयाँ थियो । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।