कानुनका विद्यार्थीहरूद्वारा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रुपन्देहीको कोटहिमाई गाउँपालिका स्थित मर्यादापुर माध्यमिक विद्यालयमा शुक्रबार हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । कानुनका विद्यार्थीहरूको आयोजनामा  हाजिरी जवाफ प्रतियोगिता श्री मर्यादापुर माध्यमिक विद्यालयमा सफलतापूर्वक सम्पन्न गरिएको छ।

विद्यालयमा अध्ययनरत कक्षा ९, १० का विद्यार्थीहरुलाई लक्षित गरि आयोजना गरिएको प्रतियोगितामा विद्यार्थीहरूले आफ्नो ज्ञान र क्षमताको उत्कृष्ट प्रदर्शन गरेको कार्यक्रम संयोजक हसनुदिन जोलाहाले बताउनुभयो ।

यस्तै प्रतियोगितामा सहभागी भई प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो  भने सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको हो ।

हसनुदिन जोलाहाको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा अमित कुमार गौड, गणेश शर्मा, अप्सरा कुवँर, रिया खनाल लगायतले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रम मिडिया पार्टनर देउराली अनलाइन र शर्मा डिजिटलको विशेष सहयोग मा सम्पन्न भएको हो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।