सुनको भाउ अहिलेसम्मकै महँगो, तोलाको १ लाख ६१ हजार ३ सय रुपैयाँ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

असोज १८, काठमाण्डाै – सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । आज सुन ४ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६१ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ६० हजार नौ सय रुपैयाँ थियो । यसअघि यही असोज ११ गते सुनको भाउ अहिलेसम्मको उच्च तोलाको एक लाख ६१ हजार २ सय रुपैयाँसम्म पुगेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज ३० रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।