नरेश चौधरी, सैनामैना, मंसिर १६।रुपन्देहीको सैनामैना–६, कलौनीमा जारी स्वःढुण्डी थरुनी स्मृति कप अन्तर जिल्ला स्तरिय भलिबल प्रतियोगिताकाे उपाधिका लागि आइतबार नवलपुर र बाग्लुङ जिल्ला भिड्ने भएका छन् ।
आज भएकाे सेमिफाइनल खेलमा नवलपुर जिल्लाले गुल्मी जिल्लालाई १५-२५, १८-२५, २५-१७ र २१-२५काे सेटमा पराजित गरेकाे हाे । त्यस्तै दाेस्राे खेलमा २५-२१, २१-२५, २४-२६, २५-१९, र १५-१३ काे सेटमा बाग्लुङ जिल्लाले स्याङ्जा जिल्लालाई पराजित गरेकाे हाे । जित हासिल गर्दै नवलपुर र बाग्लुङ जिल्ला फाइनलमा प्रवेश गरेकाहुन् । उपाधीका लागि दुवै टिम आइतबार भिड्ने छन् ।
त्यस्तै तेस्राे स्थानका लागि भाेलि नै स्याङ्जा र गुल्मी जिल्ला बिच खेल हुने खेल संयाेजक विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयाे ।
स्थानीय दुधराक्ष युवाक्लको आयोजनामा रूपन्देहीकाे सैनामैना -६, कलाैनीमा ढुण्डी थरूनी स्मृति कप अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगिता सञ्चालन भैरहेकाे छ ।
उपाधि जित्ने बिजेताले नगद रू.१ लाख ११ हजार १ सय ११ ट्रफी, प्रमाणपत्र, उप–बिजेताले नगद रु.७७ हजार ७ सय ७७ रुपैयाँ, ट्रफी, प्रमाणपत्र, तृतिय हुने टिमले नगद रु.४४ हजार ४ सय ४४ रुपैयाँ, ट्रफी, प्रमाणपत्र पाउने छन् । त्यस्तै सान्त्वना हुने टिमले नगद रु.२२ हजार २ सय २२ रुपैयाँ, ट्रफी प्रमाणपत्र, विधागत उत्कृष्ट खेलाडीहरुले नगद ७ हजार ७ सय ७७ रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीले १५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने छन् ।