सैनामैनामा १ दिने युवा लक्षित कानूनी सचेतना कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
सैनामैना नगरपालिका वडा नं ५ को आयोजना र निर्वाण कानूनी समाजको समन्वयमा नेपालको कानून, हक अधिकारका विषयमा जानकारी गराउने उदेश्यले सैनामैना आयोजना गरिएको कार्यक्रममा नगरपालिका वडा नं ५ भित्रका युवाहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं सैनामैना नगरपालिकाका प्रमुख फडेन्द्रप्रसाद शर्माले युवाहरुको हक अधिकार एवं कानूनी ज्ञानलाई बुझनको लागि यस्तो किसिमको कार्यक्रम आवश्यक रहेको बताउनुभयो । कानूनी रुपमा साक्षर भएमात्र युवाहरुले सहि गलत छुट्याउन सक्छन , त्यसैले कानूनी कार्यक्रमहरु हरेक समाजको लागि आवश्यक छ " नगर प्रमुख शर्माले उल्लेख गर्नुभयो ।
यस्तै कार्यक्रममा विशिष्ट अतिथि सैनामैना नगरपालिकम उपप्रमुख विना रानाले कानूनी सचेतना कार्यक्रमले युवाहरुमा फैलिएको विकृति कम हुने विश्वास व्यक्त गर्नुभयो । वहाँले भन्नुभयो " कानूनी सचेतना वर्तमान समयको एकदमै महत्त्वपूर्ण कार्यक्रम हो अब यो कार्यक्रम हरेक टोल,समाज र विद्यालयमा पनि गरिनुपर्छ त्यसमा नगरपालिकाको पनि साथ रहने छ ।"
कार्यक्रममा अधिवक्ताहरु लालबहादुर बस्नेत, मेघनाथ खनालले प्रशिक्षकको भूमिका निभाउनुभएको थियो भने निर्वाण कानूनी समाजका सदस्यहरुले सह-प्रशिक्षकको भूमिका निभाउनुभएको थियो ।
कार्यक्रममा बोल्दै सैनामैना नगरपालिका वडा नं ५ का वडा अध्यक्ष धनप्रसाद पौडेलले
युवा लक्षित कानूनी सचेतना कार्यक्रमले युवाहरुलाई थोरै भए पनि कानूनी रुपमा सचेत हुन मद्दत मिलेको बताउँदै कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने निर्वाण कानूनी समाज लगायत सम्पूर्णमा कृतज्ञता व्यक्त गर्नुभयो ।
कार्यक्रम सैनामैना नगरपालिका वडा नं ५ का वडा अध्यक्ष सैनामैना नगरपालिकाका प्रमुख फडेन्द्रप्रसाद शर्माको प्रमुख आतिथ्यता, उपप्रमुुख विना रानाको विशिष्ट आतिथ्यता एवं वडा नं ५ का वडा सदस्यहरु, समाजसेवी, नगरपालिकाका कर्मचारीहरुको आतिथ्यता मा सम्पन्न भएको हो ।
करिब ८० जना युवाहरु संलग्न रहेको कार्यक्रमको सञ्चालन सैनामैना नगरपालिका वडा नं ५ का सचिव मधु पन्थी फुल्लेलले गर्नुभएको थियो ।