शेयर बजार सामान्य बढ्याे, ४ अर्ब २५ कराेड रुपैयाँकाे बढ्याे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

फागुन २, काठमाण्डाै – शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ९१ अङ्कले बढेर दुई हजार ७६ दशमलव ५० विन्दुमा पुगेको छ ।

आज बैंकिङ, होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, जीवन बीमा र अन्य बाहेक सबै समूहको शेयर बढेको छ । आज नेपाल फाइनान्स, बोटलर्स नेपाल, पाँचथर पावर कम्पान्ट र समाज लघुवित्तको कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन पिपुल्स पावर कम्पनीको शेयर झन्डै छ प्रतिशतले घटेको छ ।

आज एक करोड २३ लाख कित्ता शेयर चार अर्ब २५ करोड २७ लाख रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।