प्रयोग गर्न नजान्दा र चेतनाको कमीले सामाजिक सञ्जाल मानव बेचबिखनको जालो बन्दै विदेशमा बसेर बेचबिखन गर्नेहरू बढ्दै, सामाजिक सञ्जालका अपराधी पत्ता लगाउन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्रयोग गर्न नजान्दा र चेतनाको कमीले सामाजिक सञ्जाल मानव बेचबिखनको जालो बन्दै गएको छ । फेसबुक, भाइबर, ह्वाट्स एपजस्ता सामाजिक सञ्जालमार्फत दलालले मानव बेचबिखनको जोखना थापिरहेका छन् । विदेशमा बसेर नेपालमा लक्षित गरी काम गर्ने गिरोहसमेत सक्रिय रहेकाले अपराधमा संलग्न व्यक्ति वा समूहसम्म सम्पर्कमा पुग्न चुनौती पनि थपिएको छ ।

यसको एउटा उदाहरण कैलालीको घटना हो । कैलालीका चार जना किशोरीले घर खर्च जुटाउन जागिर खोजिरहेका बेला उनीहरूले इमोमार्फत भारतीय नागरिक बताउने एक जना पुरुषसँग कुराकानी गर्न थाले । आर्थिक अभावको कमजोरीको फाइदा उठाउँदै ती पुरुषले किशोरीहरूलाई मासिक २० हजार भारतीय रुपैयाँको जागिर दिने प्रलोभन देखाएका थिए । किशोरीहरूलाई कसरी बसको टिकट काट्नेसम्मका कुरा दलालले सिकाएका थिए । घरका कुनै पनि सदस्यलाई जानकारी नगराई भारत जान हिँडेका किशोरीहरूलाई माइती नेपाल कैलालीले सीमामा रोक लगाएपछि उनीहरूलाई दलालले बेच्नबिखनका लागि बोलाएको खुलेको छ । यस्ता घटना दिनदिनै बढिरहेका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगले गरेको ‘मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी राष्ट्रिय प्रतिवेदन २०७९’ मा १५ देखि १६ वर्षका किशोरीहरू पूजाका लागि, विवाह गरेर जानेलगायतका प्रलोभनमा परी फेसबुक, इमोबाट चिनजानका आधारमा भारततर्फ लाने गरेको अवस्था उल्लेख छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जनचेतना अभिवृद्धि भएकाले पछिल्लो समय मानव बेचबिखनविरुद्धका मुद्दा दर्ता बढ्दै गएको बताउनुभयो । सूचना प्रविधिको विकाससँगै छद्मभेषीमा दलाल संयन्त्र फैलिएको छ । ह्वाट्स एप, भाइबर, इमोजस्ता असङ्ख्य सञ्जाल अपनाएर विदेशबाट दलालले मानव बेचबिखनको जालोमा पारेका थुप्रै मुद्दा रहेको उहाँले बताउनुभयो । सामाजिक सञ्जालमार्फत जालोमा पारेर भएका बेचबिखनका घटनाका अपराधी पत्ता लगाउन गाह्रो हुने मिश्रको भनाइ छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।