मुर्गिया खानेपानीकाे आयाेजनामा टाेल टाेलमा सरसफाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नरेश चाैधरी, सैनामैना, असाेज ३० ।

रूपन्देहीकाे सैनामैना स्थित मुर्गिया खानेपानी उपभोक्त तथा सरसफाइ संस्थाकाे आयाेजनामा दुईदिने बृहत सरसफाइ कार्यक्रम सम्पन्न गरिएकाे छ । नेपालीहरूको महान चाड विजया दशमी, शुभ-दीपावली तथा छ्ठ पर्वको पुर्व सन्ध्यामा सरसफाइ कार्यक्रम गरिएकाे हाे ।

खानेपानी क्षेत्र भित्र पर्ने सैनामैना नगरपालिका वडा नं.२,३ र ४ का ३० वटा टोलहरूमा सरसफाइ गरिएकाे संस्थाका का.अध्यक्ष देविदत्त सुवेदीले बताउनु भयाे । नेपालीहरूकाे महान चाड दशैं, तिहार तथा छठ पर्वकाे अवसरमा र सरसफाइ सम्बन्धि सचेतना फैलाउने उद्देश्यले सरसफाइ कार्यक्रम गरिएकाे उहाँकाे भनाई छ । सरसफाइ कार्यक्रमले जनचेतना फैलाउने काम गरेकाे उहाँकाे दावी छ ।

फाेहाेरका कारण विभिन प्रकारका राेगहरू फैलिन सक्ने भएकाले सरसफाइ कार्यक्रमलाई विशेष जाेड दिईएकाे उहाँकाे भनाई छ । स्वास्थ्य जीवनका लागि सबै सचेत हुनुपर्ने र घर वरिपरिका वातावरण सरसफाईमा ध्यान दिनु पर्ने उहाँले बताउनु भयाे । 

सरसफाइ कार्यक्रमका लागि प्रत्येक टाेल विकास संस्थालाई रू. १० हजारका दरले ३० टाेल विकास संस्थालाई तिन लाख प्राेत्सहनस्वरूप रकम दिईएकाे संस्थाका सचिव भिम खड्काले बताउनु भयाे । सरसफाइ कार्यक्रममा मुल्यांकनका आधारमा प्रथम, द्वितीय र तृतीय छनाैट गरि टाेलविकास संस्थाहरूलाई संस्थाकाे साधारणसभा कार्यक्रममा सम्मान गरिने समेत उहाँले जानकारी दिनुभयाे ।

टाेल विकास संस्थाहरुकाे सहकार्य तथा सक्रियतामा असाेज२९ र ३० गते सरसफाइ गरिएकाे थियाे । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।