सैनामैना, कार्तिक ०४ ।
मलमला क्षेत्रको विकास धार्मिक पर्यटन संग जोडेर गरिनुु पर्ने एक कार्यक्रमका वक्तहरुले जाेडदिएका छन् । रुपन्देहीको सैनामैना–६ स्थित मलमला मन्दिर परिसरमा मलमला एकिकृत सामुदायिक विकास कार्यक्रमको आयोजनामा गरिएको शुुभकामना आदान–प्रदान कार्यक्रममा बोल्ने बक्तहरुले सो कुुरामा जोड दिएकाहुन् ।
सैनामैनामैनामा रहेका विभिन्न धार्मीक, ऐतिहासीक तथा सिमसार क्षेत्रको विकास लुुम्बिनी संग जोडेर गरिनुु पर्ने सैनामैना नगरपालिकाका प्रमुुख फणेन्द्र प्रसाद शर्माले बताउनुुभयो । सो क्षेत्रको विकास गर्न सके रोजगारी संगै आय–आर्जमा टेवा पुुग्ने उहाँको भनाई छ । उहाँका अनुसार मलमला क्षेत्रको विकासका लागि नगरबाट छनोट गरिएका ५ वटा योजनामध्ये मलमला प्राथमिकतामा परेको छ । सैनामैनामा रहेका विभिन्न धार्मीक तथा ऐतिहासीक क्षेत्रहरुको विकास तथा संरक्षणमा नगरवासीहरुको साथ, सहकार्य हुन जरुरी रहेको उहाँको भनाई छ । मलमला क्षेत्र पर्यटनको आर्कषक गन्तव्यका रुपमा विकास गर्न चाहेको समेत उहाँले बताउनुुभयो ।
मलमला क्षेत्रको विकासका लागि पार्टीगत स्वार्थ भन्दा माथी उठेर विकासका काम गर्नुुपर्ने सैनामैना नगरपालिकाकी उपप्रमुुख विना रानाले बताउनुुभयो ।
प्रदेशका विभिन्न गौरवका योजनाहरु मध्य मलमला क्षेत्र पनि परेकाले यसको गुुरुयोजना अनुुसार काम गर्नुुपर्ने सैनामैना नगरपालिकाका पूर्व नगरप्रमुुख चित्र बहादुुर कार्कीले जोड दिनुुभयो । सैनामैनामा रहेका गौरवका योजनाहरु समयमै सम्पन्न हुुने गरि काम गर्नुु पर्ने उहाँको भनाई छ । चुुरे संरक्षण, बौद्धकालिन सैनामैना, बोलबम धाम, सिमसार क्षेत्र, मलमला क्षेत्रको विकास गरि अन्तरिक तथा वाह्य पर्यटक भित्राउने गरि काम गर्नुु पर्ने उहाँले बताउनुुभयो ।
एसियाली विकास बैंक (एडीबी) ले नगरको साझेदारीमा विकास कार्य अगाडि बढाउने गरी सम्झौता गरेको छ । सम्झौतासँगै दुई पटक एसियाली विकास बैंकका प्राविधिक टोलीले यो क्षेत्रको अवलोकन तथा निरीक्षण गरिसकेको छ । पूूर्व नगर प्रमुुख कार्कीकै कार्यकालमा त्यस क्षेत्रको सम्भावित पर्यटन प्रवर्धनलाई दृष्टिगत गरी करिब एक करोड लागतमा यहाँको गुरुयोजना अघि बढेको थियो ।
आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य सहित मन्दिरलाई आर्कषक धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास गर्न चाहेको मलमला एकिकृत सामुुदायिक विकास कार्यक्रमका अध्यक्ष पदम पाण्डेले बताउनुु भयो । यहाँको भौतिक विकास तथा प्राकृतिक मनोरम दृश्यले आन्तरिक धार्मिक पर्यटकको आगमन बढाएको उहाँको भनाई छ ।
मलमला क्षेत्रले ऐतिहासिक, धार्मिक, सांस्कृतिक पर्यावरणीय तथा पर्यटकीय महत्त्व बोकेको संस्थाका संस्थापक अध्यक्ष गुुनाखर भट्टराईले बताउनुु भयो ।
कार्यक्रममा नेपाली कांग्रेस सैनामैना नगर सभापती रण बहादुर खनाल, नेकपा एमाले सैनामैना नगर अध्यक्ष चेतनारायण न्यौपाने, रेडक्रस सोसाईटी लुुम्बिनी प्रदेश सभापति लालप्रसाद पंगेनी, सैनामैना नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष गोपाल पोख्रले, वडा नं. ८का वडा अध्यक्ष वुुद्धिराम चौधरी, संस्थाका सल्लहकार खुुसिराम चौधरी, कृष्ण पोख्रल, मानव अधिकार तथा शान्ति समाज पूूर्व केन्द्रिय सदस्य गोविन्द खनाल, सहिद नारायण पोख्रेल रामापुुरका क्याम्पस प्रमुुख हेमन्त थापालगाएतले मलमला क्षेत्रलाई धार्मिक पर्यटन संग जोडेर विकास गरिनुु पर्ने जोड दिदै शुुभकामना दिनुुभएको थियो । थारु संस्कृतिसँग साइनो जोडिएको मलमला चौराबाबाको पौराणिक कथा करिब दुई सय वर्ष अगाडि देखि रहेको छ । दशैं, तिहार तथा छठपर्वको अवसरमा मन्दिर परिसरमा शुुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो।