जेठ ३०,काठमाण्डाै – सरकारले वैदेशिक रोजगारसम्बन्धी समस्या समाधानको उपाय खोज्न मन्त्रीस्तरीय समिति गठन गरेको छ ।
आज बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले समितिमा आफूसहित गृहमन्त्री रमेश लेखक र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी रहेको जानकारी दिनुभयो ।
तीन मन्त्री रहेको समिति गठनसँगै तीन वटै मन्त्रालयका सचिवहरूले आवश्यक काम गरिरहेका मन्त्री राणाले संसदीय समितिमा जानकारी दिनुभयो । समितिले समस्या समाधानका लागि तय गर्ने उपायहरू श्रम मन्त्रालयलाई सिफारिश गर्नेछ ।