एएफसी च्यालेन्ज लिगमा चर्च ब्वाइज युनाइटेडलाई भुटानको पारो एफसीले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एएफसी च्यालेन्ज लिगअन्तर्गत हिजो भएको खेलमा भुटानको पारो एफसीसँग नेपाली टोली चर्च ब्वाइज युनाइटेड पराजित भएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा भुटानको पारो एफसी नेपाली टोली चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलले पराजित गर्दै अघिल्लो चरणमा पुगेको हो ।

जितसँगै पारो एफसी एएफसी च्यालेन्ज लिगमा छनोट भएको छ । जापानका स्टार खेलाडी होन्डासहित ११ जना विदेशी खेलाडीको साथ पाएको पारोलाई हिले मैदानमा खेल जित्न भने सकस परेको थियो ।

नेपालको चर्च ब्वाइज युनाइटेड क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता हो भने पारो एएफसी भुटानको लिग विजेता हो ।

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।