सैनामैनामा बाल दिवस लक्षित बाल गायन तथा नृत्य प्रतियोगिता सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बाल दिवसको अवसरमा एस. बी प्रोडक्सनले   बाल गायन तथा नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।

सैनामैनाका  सामुदायिक र संस्थागत गरी करिब १७ विद्यालयहरुबाट  उपस्थिति भएका विद्यार्थीहरुका बिचमा  प्रतिस्पर्धात्मक रुपमा उक्त कार्यक्रम शनिबार अर्थात् भाद्र २९ गते सम्पन्न     भएको हो । 

प्रतियोगितामा गायन तर्फ दिपा थापा प्रथम, सुगम नेपाली द्वितीय र सुजल भट्ट तृतीय भएका छन् भने नृत्य तर्फ युनिसा थापा प्रथम, समिक्षा सुनार द्वितिय र रुविना पौडेल तृतीय भएका हुन्, । प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुनेलाई प्रमाण पत्र कप प्रदान गरिएको छ साथै अबको एक दुई भित्रमा नै नगद सहित सम्मान गर्ने योजना रहेको आयोजक एस. बी प्रोडक्सनले जनाएको छ । 
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायक विशाल रायमाझीले निर्णायकको भूमिका निभाउनुभएको थियो ।

एस. बी प्रोडक्सनका अध्यक्ष सुमित भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम  समाजसेवी सुशीला पन्थ शर्माको प्रमुख आतिथ्यता, सामाजिक अभियन्ता नबिन पौडेलको संयोजन एवं गायक तथा पत्रकार विजय सुनारको सञ्चालनमा सम्पन्न भएको हो ।

कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारले बेजोड प्रतुति दिएका छन् । कार्यक्रममा राष्ट्रिय कलाकार एवं गायक  विशाल रायमाझी , मोडेल एवं डान्सर संजु घर्ती मगर एवं स्थानीय कलाकार समेतको  विशेष प्रतुति समेत रहेको थियो ।

प्रोडक्सनका अध्यक्ष सुमित भट्टराईको  जन्मदिनको शुभ अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा सैनामैनाका बालबालिकाहरुलाई  नि: शुल्क रुपमा  बाल गायन तथा नृत्य प्रतियोगितामा सहभागी गराइएको हो । 
कार्यक्रम सैनामैना नगरपालिका वडा नं ८ स्थित सचिन्तन हलमा सम्पन्न उक्त कार्यक्रममा समाजसेवी, कलाकार, प्रतियोगी एवं स्थानीय दर्शक गरि १०० भन्दा बढीको उपस्थिति रहेको थियो ।

विभिन्न सहयोगी मन एवं विभिन्न संघसंस्थाको आर्थिक सहयोग एवं हौसलाकै कारण भव्य रुपमा  सम्पन्न गर्न सकिएको  जानकारी दिदैं अध्यक्ष सुमित भट्टराईले कृतज्ञता व्यक्त गरेका छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।