कमलपोखरीमा ग्यास सिलिण्डर विस्फोटमा घाइते भएकामध्ये दुई जनाको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 माघ २९, काठमाण्डौ – काठमाण्डौको कमलपोखरीमा रहेको शान्दार मःम पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएकामध्ये दुई जनाको ज्यान गएको छ ।

कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा मकवानपुरको मनहरि गाउँपालिका–५ का १८ वर्षीय रविन राई र उदयपुरको कटारी नगरपालिका–८ का २५ वर्षीयका भीमबहादुर घलेमगरको गएराति ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

गएको बिहीवार बिहान मःम पसलको ग्यास विस्फोट हुँदा १४ जना घाइते भएका थिए । तीमध्ये ११ जना घाइतेको उपचार भइरहेकोमा दुई जनाको ज्यान गएको हो । घाइते नौ जनाको कीर्तिपुरमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।