बागमती प्रदेशमा सार्वजनिक गाडीकाे भाडा बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ – बागमती प्रदेशले पेट्रोल तथा डिजेलबाट चल्ने यात्रुवाहक सार्वजनिक गाडीको भाडा बढाएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले नयाँ भाडादर निर्धारण गरेको हो ।

संशोधित भाडादर आजदेखि लागू भइसकेको छ । नयाँ व्यवस्थाअनुसार काठमाण्डौ उपत्यका भित्र सञ्चालन हुने सार्वजनिक गाडीकोे न्यूनतम भाडा १९ रुपैयाँबाट बढेर २४ रुपैयाँ कायम भएको छ ।

यस्तै १० किलोमिटरसम्म ३३ रुपैयाँ, १५ किलोमिटरसम्म ३९ रुपैयाँ र २० किलोमिटरसम्म ४४ रुपैयाँ निर्धारण भएको छ । २० किलोमिटरभन्दा माथिको दूरीका लागि ५० रुपैयाँ भाडा कायम गरेको मन्त्रालयले जनाएको छ ।

विद्युतीय गाडीमा भने २०७९ वैशाख १ गतेदेखि लागू गरेको पुरानै भाडादर यथावत रहेको प्रदेशले जनाएको छ । प्रदेश सरकारले काठमाण्डौ उपत्यकाभित्र र बाहिरका रुटहरूमा फरक–फरक दर निर्धारण गरेको छ ।  

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।