कांग्रेस लुम्बिनी सभापतिले भने- देउवाले वरिपरि बस्नेको कुरा धेरै सुन्दा यो अवस्था आयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अम्मरबहादुर पुनले पार्टी विधिसम्मत चलाउन पनि विशेष महाधिवेशन अपरिहार्य भएको बताएका छन् ।

आइतबार विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विधि र पद्दतिअनुसार पार्टीलाई सञ्चालन गर्नका लागि अहिलेको अवस्थामा आइपुगेको बताएका हुन् ।

उनले सबै नेताको व्यवस्थापन, एकै व्यक्तितले पटकपटक लाभ लिँदै आएको पद्दति भत्काउन र आम निर्वाचनमा कांग्रसीले रुखबाहेक अन्यत्र भोट हाल्न नपर्ने व्यवस्था बसाल्न पनि विशेष महाधिवेशन महत्वपूर्ण भएको बताए ।

त्यस्तै उनले सभापति देउवालाई निकट रहेका नेताहरूको सल्लाह गलत भएको बुझ्न पनि आग्रह गरे ।

‘चम्चा धेरै भए । चम्चा धेरै हुँदा भाँडा रित्तिन्छ । सभापतिलाई ८-१० वटा चम्चाको कुरा नसुन्न आग्रह गर्छ,’ उनले भने, ‘उनीहरूको कुरा सुन्दा सुन्दा आफ्नो बुद्धिले पनि काम गर्दैन । उहाँले आफ्नोभन्दा धेरै उनीहरूको कुरा धेरै सुन्नुभयो ।’

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।