बागलुङको रेशका दुई जना किशोरी बेपत्ता भएको १४ दिनपछि सकुशल भेटिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठेखोला गाउँपालिका–७ रेशका दुई जना किशोरी बेपत्ता भएको १४ दिनपछि सकुशल भेटिएका छन् । बेपत्ता किशोरीलाई काँकडभित्ता र चितवनबाट उद्धार गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय यादवले रेशको नुन्थला माध्यामिक विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत सन्ध्या किसान र अमृता किसान यही भदौ १३ गते बिहानदेखि बेपत्ता भएका थिए । उनीहरुको खोजी गर्न प्रहरीले नेपालभर फोटोसहितको विवरण पठाएर प्रहरी परिचालन गरेको थियो ।

बेपत्ता अमृतालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा झापाबाट आफन्त नेपालले उद्धार गरी प्रहरीमार्फत परिवारको जिम्मा लगाइएको विद्यालयलका प्रधानाध्यापक ओमबहादुर थापाले जानकारी दिनुभयो । सन्ध्यालाई चितवनको एक होटलबाट प्रहरीले उद्धार गरी आफन्तको जिम्मा लगाएको हो । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।