अस्ट्रेलिया सरकारले पाँच इरानी महिला फुटबल खेलाडीलाई शरण दियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – अस्ट्रेलिया सरकारले पाँच इरानी महिला फुटबल खेलाडीलाई शरण दिएको छ । एशियन कपबाट बाहिरिएपछि इरानी महिला फुटबल टोलीका पाँच सदस्यलाई मानवीय भिसा दिइएको अस्ट्रेलियासरकारले जनाएको छ ।

अध्यागमन मन्त्री टोनी बर्कले अस्ट्रेलियाली प्रहरीले महिलाहरूलाई सुरक्षित ठाउँमा सारेको बताउनुभएको छ ।

इरानी महिला फुटबल टोलीका पाँच सदस्य घर फर्कनुपर्ने थियो तर गएको हप्ता दक्षिण कोरियासँगको खेलअघि टोलीले राष्ट्रिय गान गाउन अस्वीकार गरेपछि समर्थकहरूले उनीहरूको सुरक्षाका लागि चिन्ता व्यक्त गरेका थिए ।

यो घटनापछि इरानभरि आलोचना बढेको छ । एक रूढिवादी टिप्पणीकारले टोलीलाई युद्धकालीन देशद्रोही भएको आरोप लगाउँदै कठोर सजायका लागि जोड दिएका छन् ।

अस्ट्रेलियाको मानवीय भिसा कार्यक्रमले शरणार्थी र मानवीय आवश्यकतामा परेका मानिसहरूलाई स्थायी सुरक्षा प्रदान गर्दछ । त्यस्तो भिसा भएकाहरूले अस्ट्रेलियामा बस्न, काम गर्न र अध्ययन गर्न सक्छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।