सुनकाे भाउ ३ हजार ८०० रुपैयाँले बढ्याे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा ३ हजार ८०० ले बढेर ताेलाकाे ३ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख १३ हजार २०० रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदी तोलामा ३१० रुपैयाँले बढेको छ । भाउ बढेर चाँदी तोलामा ५ हजार ७२० रुपैयाँ पुगेको छ । चाँदी हिजो तोलाको ५ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।