अक्सिजन सिलिन्डर विस्फोट हुँदा माकलबारीमा पैदलयात्रीको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – काठमाण्डौको गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विस्फोट हुँदा पैदलयात्रीको ज्यान गएको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक एवम् प्रवक्ता पवनकुमार भट्टराईका अनुसार गोकर्णेश्वर–८ का ४१ वर्षीय विष्णु थापाको ज्यान गएको हो ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा रहेको पाँचपोखरी प्राथमिक अस्पतालका लागि अक्सिजन सिलिन्डर र २ वटा अग्नि नियन्त्रक यन्त्र ‘लोड’ भएको गाडीको सिलिन्डर विस्फोट भएको हो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।