सिटि क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न, प्रमिशा घिमिरे प्रथम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

निश्चल ज्ञवाली । बुुुटवल,बेल्बास

रुपन्देहीको सिटि क्याम्पस बुटवलमा अाज वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नेपाल बार काउन्सिलको ३१ अौं स्थापना दिवसको अवसरमा सिटि क्याम्पस बुटवल र नेपल बार काउन्सिल लुम्बिनी प्रदेशको समन्वय तथा क्याम्पको Legal and civic issue and society को सहजीकरणमा  न्याय सम्पादनका कानून व्यवसायीको भूमिका नामक शीर्षकमा प्रतियोगिता भएको हो ।
प्रतियोगितामा सिटि क्याम्पस बुटवलका अध्यनरत चौथो सेमेस्टरकी प्रमिशा घिमिरे प्रथम हुन सफल भएकी छिन भने दोश्रो हुनेमा सोही क्याम्पसको सातौं सेमेस्टरमा अध्यन गर्ने सम्झना पराजुली भइन । त्यस्तै तृतीयमा दोस्रो सेमेस्टरका विवेक शर्मा र चौथो सेमेस्टारकी रचना खनाल भएकी हुन् ।

कार्यक्रममा प्रतिस्पर्धाी सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो  जसमध्ये उत्कृष्ट तीनलाई भने नगद सहित प्रमाणपत्र प्दान गरिएको छ जसमा प्रथम हुनेलाई नगद रु.५००० सहित प्रमाणपत्र, द्वितीय हुनेलाई नगद रु.३००० सहित प्रमाणपत्र  त्यस्तै तृतीय हुने प्रतियोगिलाई नगद रु.२००० सहित  प्रमाणपत्र प्रदान गरिएको  हो ।

लुम्बिनी बौद्ध विश्वविद्यालय सिटि क्याम्पस बुटवलका क्याम्पस प्रमुख फडिन्द्र कुमार न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश उच्च अदालतका न्यायाधीश श्री सुभास पौड्यालको प्रमुख अातिथ्यता रहेको थियो । कार्यक्रममा कानून एवं न्याय क्षेत्रसँग सम्बन्धित रहेका विज्ञ,प्रध्यापक, कानून व्यवसायी एवं क्याम्पसमा अध्यनरत कानूनका विद्यार्थी सहित १०० भन्दा बढीको उपस्थित हरेको थियो ।

कार्यक्रममा बोल्नुहुदै प्रमुख अतिथि माननीय न्यायाधीश श्री सुवास पौड्यालले कानूनका विद्यार्थीहरुमा मिहेनत गर्ने बानीको विकास हुनुपर्ने जोड दिनुभयो । साथै वहाँले देश विकासमा कानून व्यवसायी एवं कानूनका विद्यार्थीको ठूलो योगदान रहने उल्लेख गर्नुभयो ।
त्यस्तै कार्यक्रमका सभाध्यक्ष फडिन्द्र कुमार न्यौपानेले अाज अायोजना गरिएको कार्यक्रमले कानूनका विद्यार्थीमा बोल्ने एवं नेतृत्व विकासमा मद्दत मिल्ने उल्लेख गर्दै अगामी दिन क्याम्पसले यस्ता खालका कार्यक्रम धेरै भन्दा धेरै गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

Legal and civic issue and society का सदस्यहरु विजय सुनार र अशुं भण्डारीको सञ्चालनमा भएको उक्त कार्यक्रम बेलबास स्थित नमस्ते पार्टी प्यालेसमा सम्पन्न भएको हो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।