अभिनेता थापाको निधनप्रति प्रधानमन्त्री कार्कीद्वारा शोक व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ – अभिनेता सुनिल थापाको निधनप्रति प्रधानमन्त्री सुशीला कार्कीले शोक व्यक्त गर्नुभएको छ । आज शोक वक्तव्य निकालेर उहाँले थापाको निधनको खबरले आफू मर्माहत भएको बताउनुभएको छ ।

थापाको निधनले नेपाली र भारतीय चलचित्र जगतले एक बहुआयामिक कलाकार मात्र नभई दरिलो खम्बा गुमाएको प्रधानमन्त्री थापाले उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले ‘चिनो’का राते काइँलादेखि ‘मेरी कोम’का प्रशिक्षकसम्ममा खलनायक र सहनायकको उम्दा भूमिकाबाट करोडौंका मन जित्न सफल भएको पनि प्रधानमन्त्री कार्कीले उल्लेख गर्नुभएको छ ।

वरिष्ठ अभिनेता सुनिल थापाको ६८ वर्षको उमेरमा हृदयाघातका कारण बिहान निधन भएको हो । कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाकाअनुसार स्वास्थ्यमा समस्या देखिएपछि थापालाई अस्पताल लगिएको थियो ।

थापाका परिवारका सदस्यहरू भारतको मुम्बईमा बसोवास गर्दै आएका छन् । परिवारका सदस्य काठमाण्डौ आएपछि अन्तिम संस्कार गर्ने चलचित्र कलाकार सङ्घले जनाएको छ । थापाको निधनपछि आफन्त, कलाकर्मी र शुभचिन्तक नर्भिक अस्पतालमा जम्मा भएका छन् । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।