समानुपातिक तर्फ ९० लाख मतगणना : कसको कति ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ – समानुपातिक तर्फको मतगणना पनि अन्तिम चरणतर्फ पुग्न थालेको छ । अहिलेसम्म ९० लाख ११ हजार मत गनिसक्दा सबैभन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टीले ४३ लाख ६५ हजार भन्दा धेरै मत पाएको छ ।

यो झण्डै ४८ प्रतिशत हो । दोस्रोमा रहेको नेपाली कांग्रेसले १४ लाख ५५ हजार, तेस्रोमा एमालेले १२ लाख २१ हजार, चौथोमा नेकपाले ६ लाख ४५ हजार र पौचौमा श्रम संस्कृती पार्टीले ३ लाख १० हजार मत पाएको छ ।

चार महिना अघि मात्रै गठन भएको श्रम संस्कृती पार्टीले प्रत्यक्षमा तीन सीट जितेको छ भने समानुपातिकमा पनि तीन प्रतिशतको थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाउने सम्भावनाको नजिक पुगेको छ ।

३ लाख १६ हजार हाराहारी मत पाएमा थ्रेसहोल्ड कट्ने सम्भावना रहेकोले धरान उपमहानगरपालिकाका पूर्व मेयर हर्क साम्पाङले गठन गर्नुभएको श्रमसंस्कृती पार्टीले अब ६ हजार हाराहारी मत पाएमा राष्ट्रिय दल बन्नेछ । 

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।