आज र भोलि २ दिन राहदानी सेवा बन्द हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ- राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन) गर्न लागिएकाले दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ । 

विभागले सूचना निकालेर हाल सञ्चालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गरिने भएकाले आज र भोलि राहदानीसम्बन्धी सेवा बन्द रहने जनाएको हो । यसअघि विभागले असार १९ गते सार्वजनिक सूचना निकालेर प्रणाली परिवर्तनका कारण दुई दिन सेवा अवरुद्ध हुने जानकारी गराएको थियो । 

यद्यपि, राहदानीसम्बन्धी अन्य सेवा बन्द रहे पनि विभागमा तयार भइसकेका राहदानी भने वितरण गरिने विभागले जनाएको छ । मोबाइलमा राहदानी सङ्कलनका लागि एसएमएस प्राप्त गरेका सेवाग्राहीले विभागमा सम्पर्क गरी आफ्नो राहदानी सङ्कलन गर्न सक्ने विभागले जनाएको छ ।
 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।