नेपाललाई तीन, दुई सेटले पराजित गर्दै काभा वुमन्स लिगको उपाधि भारतलाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काभा वुमन्स नेसन्स भलिबल लिगको उपाधि भारतले जितेको छ ।

नेपाललाई तीन, दुई सेटले पराजित गर्दै भारतले उपाधि जितेको हो ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलको पहिलो सेट नेपालले २५–२३ ले जितेको थियो । दोस्रो सेट भारतले २५–१४ ले जित्यो ।

तेस्रो सेट नेपालले २५–२२ अंकले आफ्नो पक्षमा पार्दा चौथो सेट भारतले २५–२१ ले जित्यो । पाँचौ सेट भारतले नेपाललाई १५–५ ले जितेको हो ।


 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।