सैनामैना । सैनामैना व्यापार संघले सुरु गरेको सातौँ सैनामैना कृषि, पर्यटन तथा ब्यापार महोत्सव २०८२ को दशौँ दिन सम्म आइपुग्दा ६० हजार भन्दा बढी दर्शकहरुले अवलोकन गरेका छन ।
रुपन्देहीको सैनामैना नगरपालिका ६ कलौनीमा माघ १२ गते देखि सैनामैना ब्यापार संघको आयोजनामा सुरु भएको सैनामैना कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८२ को दशौँ दिनसम्म आइपुग्दा उत्साहजनक उपस्थिति रहेको र १० दिनमा आइपुग्दा ६० हजार भन्दा बढी दर्शकहरुले अवलोकन गरेका छन् ।
महोत्सवमा कूल १ सय ३० वटा स्टल रहेका छन । स्टलमा विभिन्न ठाउँबाट व्यापारीहरु व्यापार गर्नको लागि महोत्सवमा आएका छन् । माघ १२ गते देखि जारी महोत्सवमा टिकट एक सय रुपैया कायम गरिएको छ भने विद्यार्थीलाई कार्डको आधारमा छुट तथा बृद्ध र अपांगहरुलाई निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।
स्थानीय व्यापार, कृषि, पर्यटन, कला र संस्कृतिको प्रबर्धन गर्ने उद्देश्यका साथ महोत्सव सुरु गरिएको हो । विभिन्न चुनौतीहरुको बावजुद पनि मेलालाई भव्य रुपमा सम्पन्न गराउन लागिपरेको आयोजकको भनाइ छ ।
महोत्सवमा बहुचर्चित कलाकारहरु एवं स्थानीय कलाकारहरुले प्रस्तुति दिदा मेलाको रौनकता बढेको छ । महोत्सवको आकर्षणको रुपमा हरेक दिन सांस्कृतिक कार्यक्रम, भजन, डान्सिङ आईडल, विज्ञान प्रदर्शनी, महिला पुरुष जोडी नृत्य तथा विद्यालय स्तरीय लोकनृत्य समेत समाबेश हुँदै आइरहेको छ । महोत्सवको आकर्षणको रुपमा पर्यटन क्षेत्रलाई समेटेर फोटो प्रदर्शनीतथा जलपरी र कलात्मक लण्डन ब्रिजको आकर्षण समेत रहेको छ ।