अस्ति शुक्रवार चितवनमा रहेको राप्ती नदीमा बेपत्ता भएका दुई जना अझै भेटिएका छैनन् ।
माछा मार्ने क्रममा राप्तीमा हराएका भरतपुर महानगरपालिका–२५ का सञ्जीवकुमार चौधरी र वडा नम्बर २७ का शुकबहादुर परियार आजसम्म नभेटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिनुभयो ।
नेपाली सेना, सशस्त्र प्रहरीको गोताखोर टोली, स्थानीय बासिन्दाले उनीहरूकाे खोजी गरिरहेका छन् ।