भिजिट भिसा प्रकरणबारे संसदमै सबै प्रश्नको जवाफ दिन्छु : गृहमन्त्री लेखक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जेठ २१,काठमाण्डौ – गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिने बताउनुभएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा सांसदहरुले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकसँग प्रश्न गरेका थिए ।

गृहमन्त्री लेखकले समितिमा जवाफ दिँदा सबै सांसदहरुले जवाफ नपाउने भएकाले संसदमै जवाफ दिने गरी व्यवस्था मिलाइदिन समितिका सदस्यहरुसँग आग्रह गर्नुभयो ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । तर माओवादी केन्द्रसहितका विपक्षी दलहरुले गृहमन्त्रीमाथि पनि छानबिन हुनुपर्ने र राजीनामा दिनुपर्ने मागसहित संसदमा अवरोध गर्दै आएका छन् ।

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो एक बजे र राष्ट्रिय सवाको बैठक सवा एक बजे बस्दैछ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।