बुटवल
रूपन्देहीको तिलोत्तमा स्थित जानकीनगरमा बसको ठक्करबाट आमाछोरा गम्भीर घाइते भएका छन् ।
बुटवल बेलहिया सडक अन्तर्गत तिलोत्तमा नगरपालिका वडा न.३ जानकीनगर आज दिउँसो २ बजेको समय लु २ ख ६८८८ नं को बसले बाटो क्रस गर्दै गरेको पैदल यात्रीलाई ठक्कर दिंदा गुल्मी दरबार ६ घर भई हाल तिलोत्तमा-२ शंकनगर स्थित डेरा गरी बस्ने ३० बर्षीय रुपा खत्री र उनको छोरा ३ बर्षीय प्रिन्स खत्री घाईते भएका हुन् ।
दुर्घटनामा घाइते भएकी रुपा खत्रीलाई उपचारको लागि क्रिमसन अस्पताल मणिग्राम लगिएको छ । उनको टाउको र शरिरमा चोटलागेको र अवस्था गम्भीर रहेको रुपन्देही प्रहरीले जनाएको छ । प्रहरकिा अनुसार छोरा प्रिन्सको चौराहा अस्पताल उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेको छ ।
ठक्कर दिने बस र बस चालकलाई नियन्त्रणमा लिएकाे इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।