मंसिर २१, काठमाण्डाै – भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकले विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथको पूजा अर्चनासहित दर्शन गर्नुभएको छ ।
यसअघि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले स्वयम्भूनाथ परिसरमा भुटानी राजालाई स्वागत गर्नुभएको थियो । झन्डै आधा घण्टा त्यहाँ रहनुभएका भुटानी राजाले स्वयम्भूनाथ परिसरबाट काठमाण्डाै उपत्यकाको दृश्यावलोकन गर्नुभयो ।
यस्तै भुटानी राजा वाङचुकले बाैद्धनाथकाे पनि दर्शन गर्नुभएकाे छ । भारतबाट स्वदेश फर्कने क्रममा आज बिहान काठमाण्डाै आउनुभएका भुटानी राजा आजै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।