सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ — हिजो र अस्ति समान भाउमा कारोबार भएको सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि सोमबार ३ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ अस्ति मंगलबार ४ सय रुपैयाँले बढेको थियो । हिजो सुनको भाउ अस्ति मंगलबारजस्तै तोलाको ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा ८५ रुपैयाँले घटेको छ । हिजो तोलाको ५ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज ८५ रुपैयाँ घटेर तोलाको ५ हजार २ सय ८५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।