रास्वपाले थप्यो चार नयाँ पदाधिकारी, बालेन र कुलमानलाई समेटिँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गर्दै चार नयाँ पदाधिकारी थप्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय समितिको बैठक आइतबार बनस्थलीस्थित घण्टीघरमा बसेको हो ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार, उपसभापति र विभिन्न अन्य पद सिर्जना गरी एकीकरण र विस्तारका क्रममा गरिएको सम्झौता कार्यान्वयन गर्न यस निर्णय गरिएको हो।

 

पदाधिकारीमध्ये काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उज्यालो नेपालका संरक्षक कुलमान घिसिङलाई पनि समेट्ने तयारी छ।

थपिएका चार पद यसप्रकार छन्:

 

  • उपसभपति – १
  • महामन्त्री – १
  • सहमहामन्त्री – १
  • सहप्रवक्ता – १

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।