आज सुनको भाउ घटबढ भएन : चाँदीको भाउ घट्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ - आज सुनको भाउ यथावत् रहेको छ । चाँदीको भाउ घटेको छ ।

हिजो सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेर तोलाको ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आज यथावत् नै रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेको छ । हिजो तोलाको ५ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज घटेर तोलाको ५ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।