आज सुनचाँदीको भाउ सामान्य बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ - आज सुनचाँदीको भाउ सामान्य बढेको छ । आज सुन तोलामा ४०० रुपैयाँले बढेको हो । 

हिजो तोलाको ३ लाख १० हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज तोलाको ३ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अस्ति कारोबार हुने हप्ताको पहिलो दिन सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँले बढेको थियो । 

यस्तै आज चाँदीको भाउ तोलामा ५५ रुपैयाँले बढेर तोलाको ५ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।