पिज्जा बनाउने तेलमा मरेको साङ्लो भेटिएपछि कर्नर पोइन्ट रेस्टुरेन्टलाई दुई लाख रुपैयाँ जरिवाना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ - काठमाण्डौको न्यूरोडमा रहेको कर्नर पोइन्ट रेस्टुरेन्ट एन्ड बारले गुणस्तर मापदण्ड पालना नगरेको भेटिएपछि दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त अनुगमन टोलीले हिजो गरेको अनुगमनका क्रममा रेस्टुरेन्टभित्र कैफियत फेला परेको हो । निरीक्षणमा म्याद नाघेको फ्रुट सिरप प्रयोग भएको, पिज्जा बेसमा प्रयोग हुने तेलमा मरेको साङ्लो भेटिएको तथा खाद्य सामग्री राखिएको फ्रिज अव्यवस्थित रहेको पाइएको विभागले जनाएको छ । 

अनुगमनपछि विभागले तत्काल सुधार गर्न निर्देशन दिँदै रेस्टुरेन्टलाई ३ दिनभित्र आवश्यक कागजातसहित स्पष्टीकरण पेस गर्न आदेश दिएको छ ।  

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।