भक्तपुरमा कार दुर्घटना हुँदा तीन जनाको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – भक्तपुरमा कार दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर ८ जीतपुर वडा कार्यालय नजिक सडकमा नगरकोटबाट सुडालतर्फ गुडिरहेको बा ५ च ७८८१ नम्बरको कार हिजो दिउँसो दुर्घटना भएको हो ।

दुर्घटनामा कारमा सवार काठमाण्डौ महानगरपालिका–३२ बस्ने ५५ वर्षीय योगेन्द्र प्रधान, ४८ वर्षीय सुरेन्द्र प्रधान र ५५ वर्षीया कृष्णमाया प्रधानको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएकाहरूमध्ये योगेन्द्र र सुरेन्द्रको मध्यपुर अस्पतालमा तथा कृष्णमायाको ट्रामा सेन्टरमा उपचारका क्रममा ज्यान गएको हो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।