देलखामा हिमपहिरोमा परी ३ जनाको ज्यान गयो, कम्तीमा ५ जना वेपत्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दोलखाको डोल्मा खाङ हिमाल आरोहण गर्न गएको समूह हिमपहिरोमा पर्दा तीन जनाको ज्यान गएको छ । कम्तीमा पाँच जना बेपत्ता भएका खबर आएको सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आले जानकारी दिनुभयो ।

दोलखाको गौरीशङ्कर गाउँपालिकामा पर्ने डोल्मा खाङ हिमाल आरोहणका १५ जनाको टोली गएको थियो । अहिले प्रहरी र नेपाली सेनाको टोलीले हेलिकप्टरमार्फत उद्दारको काम गरिरहेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।