भारतको गुजरातमा स्टिल कारखानामा आगलागी हुँदा चार जनाको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 पुष १७, भारतको गुजरातमा रहेको एउटा स्टिल कारखानामा आगलागी हुँदा चार जनाको ज्यान गएको छ । गुजरातको  सूरत नजिक हजिरामा रहेको आर्सेलर मित्तल निप्पोन स्टिल इन्डिया नाम गरेको कम्पनीको कारखानामा गएराति आगो लागेको हो ।

आगलागीमा परेर चार जना कामदारको ज्यान जानुका साथै एक जना घाइते भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । घाइतेलाई अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।