स्ववियु सहिद नारायण पोखरेल रामापुर क्यापसद्वारा तिज विशेष सांस्कृतिक कार्यक्रम हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

निश्चल ज्ञवाली । सैनामैना

स्वतन्त्र विद्यार्थी युनियन सहिद नारायण पोखरेल रामापुर क्यापसको आयोजनामा  भदौ १९ गते तिज विशेष सांस्कृतिक कार्यक्रम तथा तिज गीत कार्यक्रम प्रतियोगिता हुने भएको छ ।

नेपाली नारीहरुको  महान चाड हरितालिका तिजको अवसर पारेर तिज विशेष सांस्कृतिक कार्यक्रम (तिज गित प्रतियोगिता, लाखे नाच तथा  सांस्कृतिक कार्यक्रम, तिज मिलन तथा दर खाने कार्यक्रम)  आयोजना गरिएको आयोजक स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले जनाएको छ ।

कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले बेजोड प्रतुति दिनेछन साथै क्याम्पसका विद्यार्थीहरुले लाखें  नाच तथा सांस्कृतिक  प्रतुति समेत दिनेछन् ।

कार्यक्रममा गायक तथा कलाकारहरु सीता राना मगर, उज्ज्वल गिरी,  सागर लिन(सैनामैना    डान्सिङ एण्ड सिङ्गिङ आइडल सिजन-२ विजेता), सैनामैनाका चर्चित य्रापर विनोद पाण्डे (मिस्टर पाण्डे) सैनामैनाकै गायक तथा कलाकार सुमित भट्टराईको प्रतुति रहने छ ।

वन वातावरण तथा राज्य मन्त्री रुपा  वि.क को प्रमुख आतिथ्यतामा हुने कार्यक्रम सैनामैना नगरपालिका वडा नं ६ स्थित सहिद नारायण पोखरेल रामापुर क्याम्पसको  प्राणङ्गणमा बिहान ८ बजेदेखि सुरु हुनेछ ।
उक्त कार्यक्रममा उपस्थितिका लागि  सम्पूर्णमा निमन्त्रणा गरिएको स्ववियु सदस्य विष्णु ढकालले जानकारी दिनुभयो ।

सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा स्ववियु गठन भएदेखि नै  विभिन्न पर्व एवं दिवसको अवसर पारेर कार्यक्रम हुँदै अाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।