सैनामैना नगर खेलकुद समितिद्वारा वडा कप क्रिकेट प्रतियोगिताको भव्य उद्घाटन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

निश्चल ज्ञवाली, सैनामैना ।

"स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद" भन्ने नाराका साथ सैनामैना नगर खेलकुद समितिको आयोजनामा वडा कप क्रिकेट प्रतियोगिता २०८२ को भव्य उद्घाटन समारोह सम्पन्न भएको छ।

सैनामैना नगरपालिका अन्तर्गतको वडा नम्बर ७, लम्टियामा रहेको गौतम बुद्ध क्रिकेट रङ्गशालामा बुधबारबाट सुरु भएको वडा कप क्रिकेट प्रतियोगिता ३ दिन सम्म चल्नेछ । सैनामैना नगरपालिका  वडा नं. ५ र वडा नं. ८ बीच भएको  उद्घाटन खेलसँगै प्रतियोगिता सुरु भएको हो।

कार्यक्रम सैनामैना नगर खेलकुद समितिका अध्यक्ष खिमराज श्रेष्ठको  अध्यक्षता, नगर प्रमुख फणेन्द्र शर्माको प्रमुख आतिथ्यता, वडा नं ६ का वडा अध्यक्ष गोपाल पोख्रेलको शुभकामना मन्तव्य, खेलकुद समिति सदस्य तथा क्रिकेट खेल संयोजक किरण तिवारीको स्वागत मन्तव्य र नगर खेलकुद समिति सचिव डि आर गैरेको सञ्चालनमा सम्पन्न भएको हो । यस्तै कार्यक्रममा राजनीतिज्ञ, खेलप्रेमी, समाजसेवी एवं स्थानीयको समेत  उपस्थिति रहेको थियो ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु.५०,००० र द्वितीय हुने टिमलाई रु.३०,००० प्रदान गरिनेछ। साथै ट्रफी, मेडल र प्रमाणपत्र पनि प्रदान गरिने जानकारी आयोजक समितिले दिएको छ।

क्रिकेट खेलको माध्यमबाट युवाहरूलाई अनुशासन, शारीरिक स्फूर्ति र सामाजिक एकतामा जोड्ने उद्देश्यसहित आयोजना गरिएको यस प्रतियोगिताले नगरकै खेलकुद विकासमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।