काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ ग्रहण गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय चमतीमा सभापति रवि लामिछानेले शपथ गराउनुभएको हो । शपथसँगै पदाधिकारी र केन्द्रीय सदस्यलाई सभापति लामिछानेले प्रमाणपत्र र घण्टी अङ्कित चिनो वितरण गर्नुभयो ।
रास्वपाको पहिलो महाधिवेशन यही असार ७ देखि १२ गतेसम्म चितवनमा चलेको थियो । महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । यस्तै सभापतिमा रवि लामिछाने, उपसभापतिमा स्वर्णिम वाग्ले र सोविता गौतम, महामन्त्रीमा विपीन आचार्य, सहमहामन्त्रीमा हरि ढकाल, असिम शाह र निशा डाँगी निर्वाचित हुनुभएको छ ।
१९ मध्ये वरिष्ठ नेतासहित ११ जना पदाधिकारी मनोनीत हुनेछन् । ५१ जना केन्द्रीय समिति मनोनीत हुने विधानको व्यवस्था छ ।
अहिले रास्वपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक चलिरहेको छ ।