संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई राष्ट्रियसभा अध्यक्षको रुलिङ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सदनका विभिन्न समयमा सांसदहरूले उठाएका विषयको जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको छ ।

आज बसेको बैठकमा अध्यक्ष दाहालले बैठकको आकस्मिक, शून्य, विशेष र प्रादेशिक सरोकार समयमा सदस्यहरूले उठाएका प्रश्न तथा समसामयिक विषयमा सम्बन्धित मन्त्रीहरूलाई सदनमा उपस्थित भई जवाफ दिन रुलिङ गर्नुभएको हो ।

राष्ट्रियसभाका सदस्यहरूले जनसरोकारका विविध विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आए पनि सम्बन्धित मन्त्रीहरूबाट समयमै जवाफ नआएको भन्दै सभामा आवाज उठ्दै आएको थियो ।

सांसदहरूको ध्यानाकर्षणपछि त्यही सन्दर्भलाई ध्यानमा राख्दै अध्यक्ष दाहालले सरकारका नाममा रुलिङ गर्नुभएको हो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।