हुस्सु र कुहिरोले बन्द भएको त्रिभुवन विमानस्थल खुल्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ– हुस्सु र कुहिरो हट्न थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइ उडान र अवतरण शुरु भएको छ । पहिले आकाशमा घुमिरहेका जहाजलाई प्राथमिकता दिएर अवतरण शुरु गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

बाक्लो हुस्सु र कुहिरोका कारण धावनमार्ग राम्रोसँग नदेखिएपछि विभिन्न देशबाट आएका विमान आकाशमै घुमिरहेका छन् । देशका विभिन्न शहर र विदेशका विभिन्न गन्तव्यमा हुनुपर्ने उडान रोकिएको छ । भद्रपुर, जनकपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, धनगढी लगायतका

विमानस्थलहरुमा आज बिहानका उडान हुन सकेका छैनन् । अब सबै उडान र अवतरण नियमित हुने विमानस्थलले जनाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।