काठमाण्डाै – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मधेशबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुनसरीलगायत मधेशका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे आज छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
छलफलमा डा. सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउतलगायतका नेता सहभागी हुनुभएको थियो ।